नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडाैं | चैत २०, २०७९

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

 

सेयर कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक १६.६७ अंकले घटेर १८७१.८८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले घटेर ३५२.७१ विन्दुमा  अडिएको छ।

 

आज २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँको सेयर खरिदबिक्री भयो। दोहोरो अंकले ओरालो लागेको सेयर बजारमा एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

 

कालिञ्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो। यसदिन प्रभु बैंक डिभेन्चर २०८७ को सेयर मूल्य १० प्रतिशतले ओरालो लाग्यो।

 

कारोबार रकमका आधारमा नविल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ३ करोड ६२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआईसी एसिया बैंकको २ करोड बढि मूल्यको सेयर कारोबार भयो।

 

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य घट्यो भने १ को मात्रै बढ्यो। ट्रेडिङ उपसमूहको सूचक १.२१ प्रतिशतले बढ्यो।

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।    युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएक...

थप पढ्नुहोस्

पोखरा ।    विश्वकर्मा समाज नेपाल केन्द्रीय समितिको आयोजनामा पोखरामा सम्पन्न नवौं विश्वकर्मा भलिबल कप–२०८३ मा दाजुभाई क्लब गल्याङ च्याम्पियन बनेको छ ।   पोखरा रंगशालाको भलिबल कोर्टमा भ...

थप पढ्नुहोस्

सुवाको भोटेकोसी नदीमा गत भदाै १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ।   नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवर...

थप पढ्नुहोस्